अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महानगर भित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौं : उपमेयर डंगोल

महानगर भित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौं : उपमेयर डंगोल


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनु भएको छ ।

आज ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७औं वार्षिक साधरण सभामा बोल्नुहुँदै उप–मेयर डंगोलले यस्तो बताउनु भएको हो । उहाँले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताउनु भयो ।

उपमेयर डंगोलले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौं महानगर पालिकाभित्र रहेका उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य रहेको छ। व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ। अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यवसाय गरिरहनुभएको छ। औपचारिक दायरामा आउनुभएको छैन। व्यवसायीहरुले महाननगर भित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु।’

उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताउनु भयो । उहाँले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गर्नुभयो ।

डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताउनुभयो ।