काठमाडौँ-नेकपा एमालेका महासचिव पार्टीको मिसन ग्रासरुट केन्द्रीय नेतालाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको उल्लेख गर्नुभएको छ । उहाँले सिंगो पार्टीलाई जनतासँग जोड्न मिसन ग्रासरुट अभियान चलाइएको स्पष्ट पार्नुभएको हो ।
एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गर्न पार्टीका सदस्यलाई व्यवस्थित गर्न अभियान चलाइएको उहाँले बताउनुभयो । उहाँले मिसन ग्रासरुटलाई पार्टी सुदृढीकरण र विस्तार अभियानका रूपमा सिर्जनात्मक ढंगले अघि बढाउन आग्रह गर्नुभएको छ ।
के हुनेछ अभियानबाट ?
-पार्टी सदस्यको वास्तविक अभिलेख प्राप्त हुनेछ । पार्टी सदस्यहरूको विशिष्टीकृत क्षमताको पहिचान हुनेछ ।
-नयाँ पुस्तालाई पार्टीमा जोड्ने काम हुनेछ । नेतृत्व विकासको सम्भावना बाेकेका युवा नेतृत्वको पहिचान हुनेछ ।
-सबै टोल र वस्तीमा पार्टी कमिटी विस्तार गरिनेछ। आधारभूत तहका कमिटीहरूको पुनर्गठनको आधार तयार हुनेछ ।
-पार्टी सम्बद्ध सबै जनसंगठनका आधारभूत तहसम्म कमिटीको सञ्जाल तयार हुनेछ । सबै वर्ग र समुदायका बीचमा जनसंगठन मार्फत पार्टीको प्रभावलाई विस्तार गरिनेछ ।
-स्थानीय तहमा पार्टी एकताबद्ध र सुदृढ हुनेछ र स्थानीय तहमा विद्यमान अन्तर्विरोध समाधानमा सहजीकरण गरिनेछ ।
-पार्टीमा उत्पन्न जटिल समस्याको पहिचान गरी त्यसको समाधानको उपाय खोजिनेछ ।
-स्थानिय तहका जनप्रतिनिधिहरूको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । पार्टी र जनप्रतिनिधि बीचको सम्वन्ध सुमधुर हुनेछ ।
-वैचारिक र राजनीतिक स्तरमाथि उठाउन सहयोग पुग्नेछ । आधारभूत तहदेखि नेतृत्व विकासको आधारशिला तयार हुनेछ ।
-वर्तमान सन्दर्भमा सामाजिक र जनसरोकारका विशिष्टीकृत मुद्दाहरू पहिचान हुनेछ । मुद्दामा आधारित जनपरिचालनको काममा तीव्रता आउने छ ।
-आन्दोलन र समाजमा विशिष्ट योगदान गरेका भू-तहका व्यक्तित्वहरुको पहिचान र सम्मान गरिनेछ ।
-यस अभियानको सफलतासँगै अवसरवाद र अराजकतावादमाथि विजयको आधार तयार हुनेछ ।
-समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीको सुदृढ हुनेछ ।






प्रतिक्रिया