अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन  : मतदाता नामावली आज सार्वजनिक गरिने

राष्ट्रपति निर्वाचन  : मतदाता नामावली आज सार्वजनिक गरिने


काठमाडौँ-निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगले २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । 

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। राष्ट्रपति निर्वाचनका लागि उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृतमा नियुक्त गरिएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतदान केन्द्र पनि स्थापना गरिएको छ । राष्ट्रपतिका लागि १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।