अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव सकेर अरु पार्टी काठमाडौतिर गए,एमाले गाउँतिर आयो : दिपा शर्मा

चुनाव सकेर अरु पार्टी काठमाडौतिर गए,एमाले गाउँतिर आयो : दिपा शर्मा


दाङ- नेकपा एमालेकी केन्द्रीय सदस्य दिपा शर्माले अरु पार्टीहरु चुनाव जितेर काठमाडौैंतिर गएको तर एमाले गाउँतिर फर्किएको बताउनुभएको छ ।
एमाले मिसन ग्रास रुट अभियान अन्तरगत दाङ जिल्ला कमिटीले आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले एमालेलाई जनतासँगको सम्बनध टुट्न नदिनका लागि मिसन ग्रास रुट अभियान सञ्चालन गरेको बताउनुभयो ।
‘जनतासँग बसेर पार्टीको काम गर्न हामीलाई पार्टीले गाउँ गाउँ खटाएको हो’ साँसद समेत रहेकी शर्माले भन्नुभयो ‘यो अभियानमा हामी पार्टीलाई बािलयो बनाउने विषयमा खुलेर छलफल गर्छौं । खुला खुलस्त ढंगले सबै कमरेडहरुले कुरा राख्नुहोस । मेरो तहबाट समाधान हुने कुरा हुन्छ । मैले नसक्ने कुरा पार्टी नेतृत्वलाई पुर्याउछु । ’
शर्माले एमालेमा ११ लाख संगठित सदस्य हुँदा पनि एमाले किन पहिलो शक्ति हुन सकेन भनेर सोच्ने बेला आएको बताउनुभयो । हिजो सानो संख्यामा पार्टी सदस्यहरु हुँदा पनि पार्टी बलियो भएको दृष्टान्त पेश गर्दै शर्माले भन्नुभयो ‘हाम्रा ११ लाख पार्टी सदस्य कागजमा छन् कि मैदानमा ? त्यो कुराको खोजी हुनु पर्दछ ।’
शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारले गरेका राम्रा कामहरु जनतासम्म पुर्याउन पार्टीले भूमिका निवाह गनुपर्ने बताउनुभएको छ । शर्माले दुई महिना ग्रासरुट अभियान सदस्यता नविकरण र पार्टी प्रवेशको लहर चलाइने बताउनुभएको छ ।