पाल्पा – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल पाल्पाले तानसेनामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताउनु भयो ।
एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरे पनि उहाँले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुंगिएको बताउनुभयो ।






प्रतिक्रिया