अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको अर्थतन्त्र कमजोर : कमल थापा

देशको अर्थतन्त्र कमजोर : कमल थापा


काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताउनुभएको छ। उहाँले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताउनुभयो।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजनीतिक दलहरूमा अराजनीतिक प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका काम गर्न नहुने बताउनुभयो ।