काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमतिअनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गर्नुभएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गर्नुभएको हो ।
उहाँले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताउनुभयो । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गर्नुभयो ।






प्रतिक्रिया