काठमाडौं – कमरेड केपी शर्मा ओलीसँग मेरो पहिलो भेट २०४७ सालमा भएको हो। राजबन्दीको रूपमा म उहाँलाई चिन्दथें तर सशरीर भेटघाट चाहिं उहाँ जेलबाट छुटेपछि मात्र भएको हो । २०४८ सालको आम निर्वाचनमा जब झापा क्षेत्र-६ बाट उम्मेद्वार हुनुभयो त्यसपछि उहाँसँग बाक्लै भेटघाट हुने अवसर प्राप्त भयो । चुनावमा भएको यो हाम्रो भेट यस्तो रूपमा परिणत भयो कि २०४८ सालदेखि २०६४ साल बाहेक हालसम्मका सबै निर्वाचनको कमाण्डर म आफैंले सम्हालेको छु । अर्को संयोग पनि छ २०६४ सालमा आफैं उम्मेद्वार भएकोले कमाण्डर हुन पाइन। त्यो सालको निर्वाचनमा उहाँलाई जिताउन पनि सकिएन । मैले कमाण्ड गरेका कुनै पनि चुनाव उहाँले पराजित हुनु परेको छैन।
२०४८ सालमा केपी ओली उम्मेद्वार भनेको क्षेत्र–६ मा नारायणसिं राजवंसीले आफूलाई उम्मेद्वार बनाउनु पर्ने भनेर रडाको गर्नुभयो।
त्यतिबेला विभिन्न पार्टीले आम निर्वाचनको सन्दर्भमा आफ्ना उम्मेद्वार घोषणा गरिरहेका थिए । झापा जिल्ला यसै पनि कम्युनिष्टहरूको किल्ला भनेर चिनिएको जिल्ला भएकोले एमालेबाट को उम्मेद्वार बन्दै छन् भनेर निक्कै चासोको साथ हेरिएको थियो । यसैक्रममा एमालेले झापाको क्षेत्र-६ को लागि केपी ओलीलाई उम्मेद्वार बनाउने घोषण गर्यो । म त्यति बेला झापा जिल्ला कमिटीको सचिवालय सदस्यको हैसियतले झापा क्षेत्र-६ कै भूगोलको जिम्मेवारी लिएर काम गरिरहेको थिएँ । पार्टीले निर्णय गरेका उम्मेद्वारहरूको नामावली सुनाउनका लागि जिल्ला कमिटी बैठकको आयोजना गरिएको थियो । खासमा भन्ने हो भने केपी ओली लगायत अन्य झापाली नेताहरूसँग मेरो पहिलो भेट नै त्यही बैठकमा भएको हो । कार्यशैली र प्रस्तुतीको हिसाबले हेर्ने हो भने अरू नेताहरूको कमिटीमा बोल्ने शैली अलि रवाफिलो, हैकमवादी थियो। हरेक सवालमा आदेशात्मक जस्तो देखिने। तर केपी कमरेडको त्यस्तो थिएन। २०४८ सालमा केपी ओली उम्मेद्वार भनेको क्षेत्र-६ मा नारायणसिं राजवंसीले आफूलाई उम्मेद्वार बनाउनु पर्नेपर्ने भनेर रडाको गर्नुभयो । उहाँलाई सम्झाउनको लागि केही समयको लागी बैठक नै स्थगित गर्नु प¥यो। त्यसबेला पनि अरू नेताहरूले उहाँलाई तपाईं नउठ्ने भए केही फरक पर्दैन अरू नेताहरू कति छन् कति भनेर अलि रूखो शैलीमा प्रस्तुत हुनुभयो । केपी ओलीले उहाँलाई धैर्यतापुर्वक तार्किक ढंगले सम्झाएको कुरा मेरो मानसपटलमा अहिलेसम्म पनि ताजै छ। पछि नायणसिंह पार्टीले निर्णय गरेकै क्षेत्र ४ मा उम्मेद्वार हुन तयार हुनुभयो । कुरा मिल्यो,कमिटीमा उत्साहित वातावरण बन्यो । अब आ आफनो क्षेत्रमा कार्यक्रम बनाएर जाने निर्णय भयो ।
२०४८ सालमा पहिलो चुनावी कार्यक्रममा दमकबाट गौरादह जाँदा उहाँले सोध्नुभयो, ‘यो चुनाव भन्ने चिज जितिन्छ? मैले भनें ‘जितिन्छ कमरेड निश्चिन्त हुनु भए हुन्छ ।’ गौरादहमा जनताको उपस्थिति देखेपछि फर्कदा भन्नुभयो ‘चुनाव त जितिने रहेछ की क्या हो ?’
हामीले केपी ओलींलाई क्षेत्र नं ६ मा लिएर जाने कार्यक्रम बनायौं । त्यसछि केही साथीहरूले हामीलाई लोकल उम्मेद्वार चाहियो भनेर फेरी अर्को लफडा झिक्ने काम गरे । क्षेत्र नं. ६ मा पनि त्यो कुरा उठ्यो । यो बिषलाई केपी कमरेडले निक्कै रोमान्चक ढंगले आंफु के कसरी यो क्षेत्रको लोकल हो भन्ने बारेमा सविस्तार सम्झाउनु भयो । उहांले कहानी सुनाउंदै भन्नुभयो– यहाँका केही साथीभाईहरूले मलाई यो मान्छे लोकल होईन भन्दा रहेछन् । म तेह्रथुममा जन्मेर झापामा हुर्केको, यहीं पढेको र यही राजनीति गर्दै पुर्णकालिन भएको मान्छे। राजनीति गर्ने सन्दर्भमा पञ्चायतले झुटा मुद्दा लगाएर १४ वर्ष जेल बसें । जेलबाट छुटे पछि कामकै सिलसिलामा पार्टीले लुम्बिनी अञ्चल खटायो । त्यहाँ काम गरें । जेल पर्नु अघि कठोर पञ्चायतीकाल रात्रीको बेला गाउँ जागरणको सिलसिलामा म यहाँ बाह्रघरेमा मोती ईङनामको घरमा बसेको छु, गौरीगंज, कोरोबारी, कोहवरा, गौरादह स्कूलचौन, दमक, तोपगाछी सबैतिर पैदल हिंडेर काम गरेको छु। अनि म यहाँको लोकल हो की होईन ? तपाई आफैं भन्नुहोस् भन्नुभयो । अर्को पनि जनतातर्फ प्रश्न तेस्र्याउनु भयो म अहिले काठमाडौंको एउटा सानो कोठामा बस्छु यदि तपाईंहरू भन्नुहुन्छ भने काठमाडौंको कोठामा भएको सबै झिटी भ्mयाम्टा यहाँ तपाईंहरूले भनेको ठाउँमा राखी दिउंला नि त के फरक पर्छ र मलाई ? यो कहानी केपी कमरेडले उम्मेद्वार चिनारीको सन्दर्भमा गौरादह बजारको त्यतीबेलाको मोती प्राविको कम्पाउण्ड भित्रको कार्यक्रममा सुनाउनु भएको थियो । त्यसपछि केपी कमरेडको सन्दर्भमा यो बिषय कहिल्यै उठेन ।
जेल पर्नु अघि कठोर पञ्चायतीकाल रात्रीको बेला गाउँ जागरणको सिलसिलामा म यहाँ बाह्रघरेमा मोती ईङनामको घरमा बसेको छु, गौरीगंज, कोरोबारी, कोहवरा, गौरादह स्कूलचौन, दमक, तोपगाछी सबैतिर पैदल हिंडेर काम गरेको छु।
उहाँलाई त्यतिबेला त्यहाँ कार्यकर्ता भेटघाट भनेर लगिएको थियो । त्यस कार्यक्रमको सन्दर्भमा अर्को पनि रोचक प्रसंग छ त्यो के हो भने हामीले त्यहाँ अगुवा कार्यकर्ता भेला भनेर करिव १५० जना जति बोलाईएको थियो होला तर उम्मेद्वार घोषणा भएपछिको पहिलो कार्यक्रम भएकोले गर्दा हल्लाका भरमा आफनो उम्मेद्वार को हो र कस्तो छ भनेर हेर्नका लागी पनि उम्मेद्वार आउने अरे भनेर सुन्ने जति सबै आएछन् । कक्षा कोठा भित्र गर्ने भनेको कार्यक्रम बाहिर चौरमा गर्नुपर्ने भएपछि एउटा माईक पनि खोजेका थियौं त्यो पनि बिग्रिएको रहेछ । बोल्नु भन्दा अगाडी उहाँले मलाई ठट्टा गर्दै सोध्नुभएको थियो– यी चाहिं अगुवा कार्यकर्ता हुन् ? अनि अर्को पनि भन्नुभयो अगुवा कार्यकर्ता यति छन् भने जनता कति होलान त ? हाँसो गर्दै मन्तव्य राख्न थाल्नुभयो । २०४८ सालमा पहिलो चुनावी कार्यक्रममा दमकबाट गौरादह जाँदा उहाँले सोध्नुभयो, ‘यो चुनाव भन्ने चिज जितिन्छ ? मैले भनें ‘जितिन्छ कमरेड निश्चिन्त हुनु भए हुन्छ ।’ गौरादहमा जनताको उपस्थिति देखेपछि फर्कदा भन्नुभयो ‘चुनाव त जितिने रहेछ की क्या हो ?’ यसरी केपी कमरेडको चुनावी अभियानको पहिलो कार्यक्रम सुरू भएको थियो ।
त्यसछि उहाँसँगका थुप्रै प्रसंगहरू छन् । ती रोचक पनि छन् । समयक्रममा तिनीहरूको बारेमा पनि लेख्दै जाने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु । माथि भनेझैं पहिलो पटक भेट्दा उहाँ पार्टीको केन्द्रीय सदस्य मात्र हुँदादेखि अहिले पार्टीको उच्च नेतृत्व पार्टी केन्द्रीय अध्यक्ष सम्मको अवस्थाको अनवरतको सम्बन्धबाट मैले कमरेड केपी ओलीलाई यसरी हेरेको छु।
- एक हक्की निडर नेता
- विचारमा प्रष्ट, व्यवहारमा निक्कै लचक
- राज्य संचालनमा अव्बल
- योजनावद्ध काम गर्न सक्ने मुलुकको समृद्धिको लागि भिजनरी नेता
- अप्ठेरो परिस्थितिको पनि सामाना गर्न सक्ने, कहिल्यै हडवड नगर्ने
- अदम्य साहसी मृत्युलाई पनि जित्न सक्ने उच्च आत्मबलको धनी
- मदन भण्डारीपछि सरल भाषामा ठूलो मासलाई समेत भाषणबाट सम्झाउन र विचार दिन सक्ने क्षमता भएको
- माक्र्सवाद मात्र होइन हरेक विषय र क्षेत्रको बारेमा गहिरो ज्ञान भएको
- विपक्षीहरूलाई जनशैलीमा कटाक्ष गर्न सक्ने
(नेकपा एमालेका पोलिटव्यूरो सदस्य दाहाल, राष्ट्रिय सभामा संसदीय दलका नेता हुनुहुन्छ।)






प्रतिक्रिया