अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली : विकास बुझने र बहस गर्ने ‘डेभलेपमेन्ट डाइलगर’

केपी ओली : विकास बुझने र बहस गर्ने ‘डेभलेपमेन्ट डाइलगर’


काठमाडौं – केपी शर्मा ओली नेपालको समकालीन विकास र राजनीतिका दुरदर्शी नेता हुनुहुन्छ। राजनीतिक नेतृत्वका औषत नेताहरू भन्दा धेरै गुणा बढी ज्ञान र दूरदृष्टी उहाँमा छ। देशको लोकतान्त्रिक विकासका साथै सामाजिक न्याय, समानता, र आधुनिक पूर्वाधारसहितको दिगो विकासका माध्यमबाट समृद्ध नेपालःसुखी नेपालीको राष्ट्रिय आकंक्षा पूरा गर्ने कामको सुरूवात गर्ने राजनेताको जस पनि उहाँलाई जान्छ। 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विविध क्षमताको धनी हुनुहुन्छ। मैले एक दर्जनजति प्रधानमन्त्रीसँग विभिन्न क्षमतामा काम गरें। राष्ट्र बैंकको विशिष्ट श्रेणीदेखि योजना आयोगको सदस्य, राष्ट्र बैंकको गर्भनर, योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्री, सञ्चार मन्त्री लगायतका राजकीय क्षेत्र र विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विकास संस्थाहरूका माध्यमवाट सरकार संगै वा नजिक रहेर काम गरेको आधारमा विकासको दीर्घकालीन सोच भएका राजनेता र  प्रधानमन्त्री भएको व्यक्तिमध्ये केपी शर्मा ओलीलाई अग्रणी स्थानमा पाएको छु।

उहाँ ज्ञानको सीमा हुन्छ भन्नुहुन्छ, तर उहाँको धर्मशास्त्रदेखि लिएर पूर्वीय दर्शनशास्त्र, विज्ञान प्रविधिदेखि लिएर समाजशास्त्र, अर्थशास्त्रदेखि लिएर दीगो विकासका कुराहरू, ज्योतिष विज्ञानदेखि भूगर्भका विषय, साहित्यदेखि कला तथा संस्कृतिको ज्ञान उहाँ राख्नुहुन्छ । त्यो ज्ञानबाट हामीले बारम्बार लाभान्वित हुने मौका पाएका छौं । उहाँले हाम्रो पूर्वीय दर्शन, वेद, ज्योतिष शास्त्र, ग्रह नक्षत्र र व्यक्तिको राशीको निर्माण हुने कुरा देखि लिएर भौतिक विज्ञान र जीव विज्ञानका धेरै विषय पनि मलाई बतााउनु भएको छ। भूगोल र इतिहासदेखि साहित्य तथा कलाका क्षेत्रमा उहाँको प्रचुर अध्ययन, रुचि, र ज्ञान छ। नेपाली र अंग्रेजीको भाषिक शुद्धतामा उहाँ अव्बल हुनुहुन्छ। सूचना प्रविधिको प्रयोग कसरी गर्ने भनेर पनि उहाँले धेरैलाई बताउंदै आउनु भएको छ। उहाँ कम्प्युटर देखि मोबाइलका प्रविधि प्रयोग गर्ने उच्च क्षमता राख्नु हुन्छ । जबकी अरू कतिपय समकालीन नेताहरूमा त्यो प्रविधिमा अभ्यस्त हुन निकै कठिनाइ भइरहेको प्रष्टै देखिन्छ ।

संघीय प्रणालीमा केपी ओलीको विकासको सोच

हामीले संघीय प्रणालीको ढाँचा अन्तर्गत विकास नीति तथा रणनीति तर्जुमा र कार्यान्वयन गर्नु पर्ने भएकाले केपी ओलीको विकासको सोचको कुरा गर्दा संघीयतालाई संस्थागत गर्ने विषयमा उहांको दृष्टिकोण उल्लेख गर्नुपर्ने हुन्छ । एमालेले संघीयतालाई देशको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा विकासको अवस्थाको धरातलमा मौलिक संरचनाको रूपमा अघि वढाउन खोजेको हो । मूलतः आधारभूत तहको जनताको हातबाटै चुनिएर स्थानीय सरकार सञ्चालन हुनुपर्छ, ती सरकार अधिकार सम्पन्न हुनुपर्छ,  विकेन्द्रकृत राज्य प्रणालीको माध्यमबाट साधन-स्रोत, अवसर, क्षमता विकेन्द्रीकरण गरेर तलबाट नै सुशासन र विकासको जग बस्यो भने त्यो बलियो हुन्छ भन्ने एमालेको एजेण्डा हो । त्यसैले एमालेले जोड गरेको अधिकतम विकेन्द्रीकृत शासन प्रणाली नै हो । त्यो विकेन्द्रकरणबारे २०४७ को संविधानमा जुन व्यवस्था थियो, त्यसको कार्यान्वयन गर्ने ऐन ल्याउन त्यो वेला एमालेले निकै ठूलो पहल पनि गरकै हो । तर पनि स्थानीय स्वायत्त शासन ऐन आउन २०५५ सालसम्म लागेको कारणले देशले त्यसलाई लामो समयसम्म कार्यान्वयन गर्न सकेन । २०५४ पछि देशले स्थानीय निकायको आवधिक निर्वाचन पनि गर्न सकेन । दुईवटा निर्वाचनपछि स्थानीय तहको निर्वाचन नै नगर्दा स्थानीय निकाय जनप्रतिनिधि विहिन भए । त्यसैले सिर्जना भएको खाली ठाउँमा संघीयताको एजेण्डा पसेको हो भन्ने धारणा प्रवल छ । जे होस, जनताले शासन गर्ने अवसर पाएनन्, जनताले सिंहदरवारको अवसर वा स्रोतको पहुँच पाउन सकेनन्, केन्द्रीय प्रशासन प्रणालीले तल सेवा दिन सकेन। विकेन्द्रकरण शासन प्रणालीलाई हामीले अगाडि बढाएको भए त्यो समस्या हल हुन्थ्यो । एमालेको तत्कालील सोच त्यही थियो जस्तो मलाई लाग्छ। तर बदलिंदो राजनीतिक परिघटनाले गर्दा अब देश संघीयतामा जानुपर्छ भन्ने धारणा एमाले नेतृत्वमा दुईदशक अघिदेखि नै विकसित भएको मैले अनुभव गरेको छु। संघीयता र यस प्रणालीमा देशको विकास र सुशासनबारे केपीओलीको दृष्टिकोण पनि यसरी नै विकास हुँदै आएको देख्छु ।

उहाँ ज्ञानको सीमा हुन्छ भन्नुहुन्छ, तर उहाँको धर्मशास्त्रदेखि लिएर पूर्वीय दर्शनशास्त्र, विज्ञान प्रविधिदेखि लिएर समाजशास्त्र, अर्थशास्त्रदेखि लिएर दीगो विकासका कुराहरू, ज्योतिष विज्ञानदेखि भूगर्भका विषय, साहित्यदेखि कला तथा संस्कृतिको ज्ञान उहाँ राख्नुहुन्छ । त्यो ज्ञानबाट हामीले बारम्बार लाभान्वित हुने मौका पाएका छौं ।

त्यसो त संघीयता कार्यान्वयन गर्ने ठूलो जस उहाँलाई नै छ। किनभने संविधान लागू भएपछि संविधानसँग बाँझिने कानून बनाउने सरकारको नेतृत्वमा उहाँ नै हुनुहुन्थ्यो । संविधानको संरचना अनुसारको निर्वाचित भएर आएका प्रदेश र स्थानीय तहलाई शासकीय तथा आर्थिक अधिकारका कानून बनाउने, वित्तीय तथा प्रकृतिक स्रोतको बाँडफाँड गर्ने विषयहरू, विकाससँग जिम्मेवारीका विषयहरू, संविधानको अनुसूचिमा भएका अधिकार क्षेत्रहरूको विनियोजन गरेर व्यवस्थापन गर्ने विषयहरू, प्रदेशसँग समन्वय गर्ने विषयहरू, स्थानीय तहहरूको बीचमा समन्वय गर्ने विषयहरू सबै उहाँको कार्यकालमै भए । देशको संघीयता कार्यान्वयन गर्ने पहिलो प्रधानमन्त्री केपी शर्मा ओली र वित्तीय संघीयता कायान्वयन गर्ने पहिलो अर्थ मन्त्री म थिएं । अहिले संघीयता संस्थागत हुँदै गर्दा त्यसको जस केपी ओलीको सरकारले पाउनु पर्ने हुन्छ ।

मैले लण्डन स्कूल अफ इकोनोमिक्समा संघीयताका बारेमा एउटा प्रवचन दिएको थिएँ । त्यहाँ प्रोफेसर र विद्यार्थीहरूले ‘संघीयता सहितको संविधान लागू भएको दोस्रो/तेस्रो वर्षमै तिमीहरूले संघीयता राम्रैसंग कार्यान्वयन गर्‍यौं ! तिमीहरूकोमा त विवाद नै भएन, जबकी संघीयता भएका मुलुकहरूमा स्रोतको लडाइँ त २०/३० वर्षसम्म चलिरहन्छ’ भनेका थिए। अमेरिका, युरोप, एसियाका धेरै मुलुकहरू र  विश्व बैंकका पदाधिकारीहरूले  तिमीहरूले त कति सहज संघीयता कार्यान्वयन गर्‍यौं भनेर भन्थे । हामीले सहज ढंगले संघीयता कार्यान्वयन नगरेको भए अहिलेको सहज स्थिति त आउने थिएन नि । त्यसो भएको हुनाले संघीयतालाई कसरी कार्यान्वयन गर्नु पर्छ भन्ने उहाँको सोच हो । त्यो मुलुकको एकदमै दीर्घकालीन हितको पक्षमा छ।सामाजिक न्यायमा आधारित विकास र समृद्धिको दिगो आधार जगैदेखि वसाल्न हामीले संघीयताको पूर्ण कार्यान्वयन गर्नुपर्ने उहाँको धारण रहेको हो । यसकै आधारमा आज प्रदेशहरूबीच आर्थिक वृद्धि र विकासको असमानता घट्दैछ भने साधन–स्रोतमा सवै स्थानीय तहले न्यायिक पहुँच पाएका छन् ।

केपी ओलीको दिर्घकालीन विकासको दर्शन

दीगो विकास लक्ष्य भनेर संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्मको विकासको एजेण्डा (एजेण्डा २०३०) सार्वजनिक गर्‍यो। त्यसमा नेपाल पनि हस्ताक्षरकर्ता भयो । हामी सुरूमै सम्झौतामा प्रवेश गरेको मुलुक भयौं । त्यसका खम्वाको रूपमा पाँचवटा ‘पी’ का कुरा थिए । प्लानेट, पिपुल, पिस, प्रोस्पेरिटी, र पार्टनरसिप लगायतका थिए । उहाँले पिपुल र प्लानेट मात्रै खम्वा हुन, बाँकी सहयोगी हुन भन्नु भयो । पाँच वर्षपछि युएनडीपीको विश्व मानव विकास प्रतिवेदनमा मूलतः पिपुल र प्लानेटको मात्रै कुरा आयो । मान्छेले हाम्रो ग्रह पृथ्वीलाई कसरी दुरूपयोग गरेको छ र पहिलो पटक प्राकृतिक रूपमा जति पनि स्रोत छन्, जंगल, वनस्पती, जीवहरू भन्दा मान्छेले निर्माण गरेका भौतिक संरचनाहरू धेरै भइसके । त्यसैले मान्छेले त्यो ग्रहलाई धेरै चिज लाद्यो र त्यो धान्न नसक्ने अवस्थामा पुर्‍यायो है भनेर अब मान्छे र ग्रह अथवा पृथ्वीको अस्तित्व रक्षा गर्न पर्छ अथवा सहअस्तित्वमा बस्नुपर्छ भन्ने त्यसको निष्कर्ष थियो । आखिरीमा दुईवटै खम्बा मात्र आए । त्यसकारण उहाँले पाँच वर्ष अगाडि भनेको कुरा पाँच वर्ष पछाडि फेरि स्थापित भयो । उहाँले जहाँ पनि बोल्दा दीगो विकास भनेको यो हो, यस्तो हो भनेर पनि भन्नुभएको छ । हामी जहाँ बसेका छौं, त्यो दुनियाँलाई त्यो ग्रहलाई हामीले अन्याय गर्नु हुँदैन । हामीले हाम्रो प्राकृतिक स्रोतमाथि अन्याय गर्नु हुँदैन भन्ने उहांको कुरा हो । केपी ओलीले मान्छे र प्रकृतिका बीचको सम्बन्ध यति उजागर गर्न थाल्नु भयो नि, त्यसको त कुनै सीमा नै रहेन । त्यसो भएर मलाई के लाग्छ भने उहाँले जे सोचेर दीगो विकासको विषय अगाडि बढाउनु भएको छ, त्यो विश्व समुदायलाई नै छलफल र ज्ञानको कुरा भएको छ ।

कृषिको आधुनिककिरणमा केपी ओली

कृषिको आधुनिकीकरण बिना देशको विकास हुन सक्दैन । कृषीमा संलग्न किसानलाई हामीले उत्पादन र उत्पादकत्व बढाउनेगरी प्रयोग गर्नुपर्छ । त्यसका लागि काम गरौं भनेर उहांले काम लगाएका कारणले हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गर्‍यौं  । यदि त्यसमा कृषि मन्त्रालयले ढंगले काम गर्दिएको भए वा त्योसँग सम्बन्धित अरू मन्त्रालयले काम गर्दिएको भए अहिले कृषि उत्पादन र उत्पादकत्व दुईवटै दोब्बर भइसक्थ्यो । अहिले त्यो स्थिति रहेन ।

उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा जहिले पनि कृषीको रूपान्तरण हुनुप¥यो भन्नुहुन्थ्यो । हाम्रोमा चराले विस्ट्याएको ठाउँमा पनि विरूवा उम्रिन्छ, खाना खाएर भाँडा माझ्ने ठाउँमा खुर्सानी उम्रिन्छ, कान्लामा जे छ¥यो, त्यही उम्रिन्छ । यस्तो जमिन छ, त्यस्तो जमिन भएको देशमा भोकमरी हुन्छ ? त्यस्ता मुलुकमा आर्थिक अभाव हुन्छ ? त्यस्ता मुलुकका मान्छेले आयात गरेर खानु पर्छ ? हामीले अलिकति मेहनत ग¥यौं भने सबै चिज हुन्छ भनेर खेतका, बारीका काल्ना खेर नफालौं, बहु प्रकारका कृषि र नगदेवाली लगाऔं, फलफुलको खेतीको विकास गरौं भन्नुहुन्थ्यो । चुरे भावरको तल्लो भेगमा गर्मी मौसमा हुने आँप, लिची, कटहर लगायतको खेती गरौं, पहाडमा पनि त्यसै प्रकारको, हिमालमा पनि त्यसै किसिमको खेती गरौ, हिमाली क्षेत्रमा पशुचरण गरौ.र हाम्रो जडिबुटी खाएका मासुजन्य वस्तु वा पदार्थ दिने जुन जनावर हुन्छन् ।  तिनीहरू कति स्वस्थ्य हुन्छन् र तिनीहरूको मासु कति राम्रो हुन्छ भनेर उहाँले त्यहाँको हावापानी, वनस्पतीसँग व्यवसायलाई जोडेर सिकाउनु हुन्थ्यो । कृषिको कुरा गर्दा उहाँ कहिले काही बहकिने पनि हो । मन्त्रिपरिषद्को बैठकमा कृषिको एजेण्डा आउंदा  उहाँले छलफल गरेको २ घन्टा वितेको थाहै पाउनु हुन्न थियो किनभने उहाँलाई कृषिमा यति धेरै चासो थियो र छ।

केपी ओलीको पूर्वाधार विकास सोच

अहिलेको जति पनि आधुनिक भौतिक संरचनाहरू देशमा बन्दै छन्, त्यसको जस उहाँलाई जान्छ । पूर्व-पश्चिम राजमार्ग चार लेन र छ लेनको गर्ने कुराहरू उहाँले नै सुरू गर्नुभएको हो । उहाँले सडकका विषयमा भनेको एउटा कुरा हामीले बिर्सिनु हुँदैन। अब बन्ने पक्की सडकहरू सबै दुई लेनका हुन्छन् भनेर भन्नु भएको थियो । त्यो नीति नै पास गराउनु भएको छ । हुलाकी राजमार्ग सिंगल लेन थियो, त्यसलाई दुई लेन बनाइयो, सबै अपग्रेड भइराखेको छ। मदन भण्डारी राजमार्ग निर्माण भयो । ठूला ठूला सभाहलहरू निर्माण भए । प्रधानमन्त्री लगायतका लागि सरकारी आवास निर्माण भए । विद्युत र सिंचाईका ठूला आयोजना अघि बढाइए । विमानस्थलको कुरा गर्दा नयाँ विमानस्थल वने र अहिले सञ्चालनमा आउन थाले । नचलेका ठाउँमा विमानस्थलहरू बने-तयार भए, केही स्तरोन्नति भए ।

जुन जुन देशले रेलको संरचना छिटो विकास गरेका छन्, उनीहरू विकासमा अगाडि बढेका छन् । ब्रिटिसले भारतमा रेल नबनाइदिएको भए अहिले भारतको विकास यस्तो हुन्थ्यो ? रूस, चीन लगायतका देशले रेल पूर्वाधारमा विकास नगरेको भए अहिले ती मुलुक टिक्थे ? त्यसो भएर रेलको अर्थशास्त्र धेरै मान्छेले नबुझेपनि उहाँले पहिल्यै बुझ्नु भएको हो । छिटो गरौं भन्ने उहाँको जुन हुटहुटी हो, त्यसले गर्दा हाम्रो प्राथमिकता कहिले कहिले मिलेन कि भन्ने मान्छेले गर्छन् । ठीकै छ, यो वर्ष नभए अर्को वर्ष गर्ने, अर्को वर्ष नभए फेरि अर्को वर्ष गर्ने, तर रेल नबनाइकन हुँदैन । त्यो कुरा उहाँले सोचिकन भन्नु भएको हो । त्यस्तै भारतीय नदीवाट जल यातायातको कुरा र समुन्द्रमा नेपाली पानी जहाजको कुरा अघि बढेका हुन । एकदिन न एकदिन हामीले ढुवानीका लागि पानी जहाज सेवामा नगइ हुँदैन । त्यो बाहेक हाम्रो जल यातायातका पर्यटकीय कुराहरू अरू त स्वतः सुरू नै भइसके । पूर्वाधारहरू पनि बन्न थाले ।

२०५४ पछि देशले स्थानीय निकायको आवधिक निर्वाचन पनि गर्न सकेन । दुईवटा निर्वाचनपछि स्थानीय तहको निर्वाचन नै नगर्दा स्थानीय निकाय जनप्रतिनिधि विहिन भए। त्यसैले सिर्जना भएको खाली ठाउँमा संघीयताको एजेण्डा पसेको हो भन्ने धारणा प्रवल छ।

उहाँको कार्यकालको एउटा महत्वपूर्ण कुरा हामीले बिर्सिन हुँदैन–तराई मधेसमा पूर्वाधार निर्माणको काम । तराई मधेसका २० वटा जिल्लाका सदरमुकामहरू थोत्रा भइसकेका, नयाँ निर्माण केही नभएका, ढल निकासको प्रबन्ध नभएका र सडक व्यवस्थित नभएका ठाउँमा हामीले के गर्‍यौ भन्दा व्यवस्थित शहरीकरण गर्नका लागि बजेटको व्यवस्था र राजमार्गबाट जिल्ला सदरमुकाम पुग्ने ठाउँको बाटो चार लेनको बाटो बनिरहेका छन् । चार लेन, छ लेन, आठ लेनको बाटो धमाधम बनिरहेका छन् । कुनै एडीबीले र कुनै विश्व बैंकले सहयोग गरेको छ भने कुनै हाम्रै आफ्नै पैसाले गरिराखेका छौं । तराईको सम्पूर्ण भूभागको आधुनिकीकरणको प्रक्रिया हो, उहाँले नै सुरू गर्नुभयो । तराई मधेसमा सिंचाइको कुरा, सुनकोशी मरिनको कुरा एउटा माइलस्टोन (कोशेढुंगा) हो । त्यो उहाँको कार्यकालमा हामीले अगाडि बढाएका हौं । सिंचाइ, सडक, खानेपानी, ढल यस्ता कुरा भएपछि विकासको सोच उहाँमा छ । योभन्दा अगाडि एक दर्जन प्रधानमन्त्री भएपनि त्यो कुरा मलाई कसैले पनि भनेका थिएनन्। मलाई त मान्छेले गणतन्त्र स्तम्भ, स्मारक मात्र बनाउने कुरा भन्थे । यस्ता पूर्वाधारको कुरा गर्दैनथे ।

भूकम्प पछिको पुनर्निर्माणको अधिकांश काम उहाँकै नेर्तत्वमा भए । सांस्कृतिक सम्पदा पुनर्निर्माण भए ।  अहिले केही प्रशासनिक भवनहरू निर्माणाधिन छन् । म योजना आयोगको उपाध्यक्ष हुँदादेखि संसद भवनको कुरा भएको हो । तर कहिले त्यहाँ बनाउने, कहिले त्यहाँ नबनाउने, कहिले भैसेपाटी बनाउने, कहिले सानोठिमी बनाउने कहिले कहाँ बनाउने हुँदाहुँदा उहाँले सिंहदरबार मै बनाउने र दुई वर्षमा बनाएर सक्ने हो भनेर शिलान्यास गर्नु भयो । आज संसद भवन बनिसक्न लागेको छ । दशौं वर्षदेखि हुन नसकेको निर्णय उहाँले गर्नुभयो । भुकम्पबाट प्रभावित क्षेत्रमा अथवा भूकम्पले भत्किएको धरहरा बनाउन आँट गर्नु भयो– ‘मेरो धरहरा मै बनाउँछु’ भनेर । सबैबाट योगदानका कुराहरू भए, आखिरी बनेर छोड्यो । रानी पोखरी पनि बनेरै छोड्यो। दरवार हाइस्कूल बनेरै छोड्यो । भूकम्पबाट भत्किएका निजी आवासहरू ९० प्रतिशतभन्दा बढी पुनःनिर्माण भए । अरू पनि सबैको ७०/८० प्रतिशतभन्दा बढीको पुनःनिर्माण सम्पन्न भयो।

हामी केपी शर्मा ओलीकै पालामा सुरूङ युगमा प्रवेश गरेका हौं । हामीले धेरैवटा सुरूङ मार्ग उहाँको कार्यकालमा सुरू गरेका छौं । सुरूङ प्रविधिका लागि ठेक्का दिने मापदण्ड त्यहिवेला हामीले बनायौं । सार्वजनिक तहमा सुरूङमार्ग निर्माणको क्षमता बढाउन पूर्वाधार कम्पनी नै खडा ग¥यौं । यो सवै पहिले केही पनि थिएन । आधुनिक भौतिक पूर्वाधारमा उहाँको सोच र दृष्किटकोण जुन हो, त्यो पर्फेक्ट हो । वरू सा्रेत र कार्यान्वयन क्षमता तदनुरूप वढ्न नसक्दा केही प्रश्नहरू भने उठ्ने गरेका हुन् ।

समाजवाद उन्मुख राज्य प्रणाली निर्माणतर्फ केपीका दृष्टिकोण

अहिले मौलिक हकको कार्यान्वयव गर्दै आधारभुत रूपमा लोककल्याणकारी राज्यको काम अगाडि बढाउदै र राज्यको भूमिकालाई बलियो बनाउँदै जाने धारणा उहांको हो जस्तो लाग्छ । भएका संरचना भत्काउने, बिर्गाने अनि नयाँ संरचना बनाउन नसक्ने हो भने झन ध्वस्त भइन्छ, त्यसकारण पहिले निजी क्षेत्रको भूमिकालाई राज्यले प्रतिस्थापन गर्ने वातावरण बनाउनु पर्‍यो, साधन स्रोतमा सबैको पहुँच पुर्‍याउँदै राज्यका भूमिका, दायित्व बढाउँदै जाने हो भन्ने कुरा उहाँले गरिरहदाँखेरी केपी ओलीले समाजवाद ल्याउँदैनन् भनेर तर्क गरे । जुन तर्क सही थिएनन् । समाजवाद ल्याउनलाई जुन समय लाग्छ, त्यो उहाँले बुझेको हो । दशकौं पछि आउने कुरालाई अहिले हामीले हतार गर्न खोज्यो भने यता न उता भइन्छ भन्ने कुरा उहाँले बुझ्नु भएको छ । किनभने हामी हाम्रो विकासका लागि दातृ निकायहरू वा पुँजीवादी समुदायका दातृ निकायहरूसँग नै भर पर्नु पर्ने, हाम्रै सेवाका निम्ति अहिले पनि निजी क्षेत्रमा नै भर पर्नुपर्ने । त्यस्तो अवस्थामा हामीले हठात समाजवादी कार्यक्रम लागु गर्‍यौं भनेर भन्दा हामी त अप्ठ्यारो स्थितिमा पर्न सक्थ्यौं । त्यो उहाँले राम्ररी बुझेर हामीले चरणबद्धरूपमा समाजवाद निर्माणका काम अगाडि बढाउनु पर्छ भन्नु भएको हो ।

केपी ओलीले मान्छे र प्रकृतिका बीचको सम्बन्ध यति उजागर गर्न थाल्नु भयो नि, त्यसको त कुनै सीमा नै रहेन । त्यसो भएर मलाई के लाग्छ भने उहाँले जे सोचेर दीगो विकासको विषय अगाडि बढाउनु भएको छ, त्यो विश्व समुदायलाई नै छलफल र ज्ञानको कुरा भएको छ।

समाजवाद निर्माणमा सामाजिक सुरक्षाको भूमिका बारेमा उहाँको दृष्टिकोण स्पस्ट छ । पहिलो कुरा कोही पनि मान्छे भोक र रोगबाट नमरोस्, कोही आवासविहीन नहोस्, सडक मानव नहोस्, बेरोजगार कोही पनि बस्न नपरोस् यी सबै केपी ओलीका नीति हुन् । सामाजिक सुरक्षाका विविध पक्षहरू हुन्छन् । रोजगारी हुन्छ, आवास हुन्छ, शिक्षा हुन्छ, स्वास्थ्य लगायतका अरू विभिन्न क्षेत्र हुन्छन् । एउटा कुरा भत्ता मात्र बाँडेर न राज्यले धान्न सक्छ, न दीगो रूपमा विकासलाई सहयोग पु¥याउँछ भन्ने कुरामा हामी एकमत हो । तर हाम्रा केही चुनावी प्रतिबद्धताहरू छन् । तर भत्तामा मात्रै धेरै बल गर्नु हुँदैन है भन्ने कुरा हो । तर केपी ओलीको सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरेकै हो, रोजगार कार्यक्रम ल्याएकै हो, सबै नेपालीलाई सुरक्षित आवास दिने भनेर लागेकै हो, जनता आवासलाई अगाडि बढाएको हो । विपद् व्यवस्थापनको सिंगो संरचना नै बनाएको हो । यी सबै सामाजिक सुरक्षाका कुराहरू गरिएका छन् । त्यसकारण सामाजिक सुरक्षाको विषयमा उहाँको धारणा स्पस्ट छ । तर के कुरामा उहाँ सचेत हुनुहुन्छ भने पैसा बाँडिरहेर उत्पादन  नगर्ने, उत्पादनको स्रोत सिर्जना नगर्ने, हामी उत्पादनशील नुहुने वितरणमुखी मात्रै भयो भने केही पनि देखिँदैन भन्ने कुरामा उहाँ त्यतिकै सचेत हुनुहुन्छ ।

केपी ओलीको आर्थिक कुटनीति

विदेशी सहायतालाई हामीले राष्ट्रको हितको अनुकूल प्रयोग गर्नुपर्छ, हामी हाम्रो क्षमता बढाएर त्यो सहायता लिन नपर्नेगरी अगाडि बढ्नु पर्छ भन्ने सोच हो केपी ओलीको हो । जुन अहिलेका लागि आवश्यकता हो । चाहे त्यो एमसीसीको कुरा होस् वा बीआरआरआईको कुरा होस् । त्यसले हाम्रो क्षमता बढ्छ, राष्ट्रिय प्राथमिकतामा काम हुन्छ र हाम्रो राष्ट्रिय हित प्रतिकूल कुनैै काम हुँदैन भने त्यसलाई हामीले उपयोग गर्नुपर्छ । अवसरको उपयोग गर्नु पर्छ भन्ने कुरा हो । त्यति मात्रै होइन, आर्थिक सन्तुलनको कुटनीतिक नीतिलाई पनि हामीले सन्तुलित गर्नुपर्छ, बहुपक्षीय राष्ट्रसँग पनि हामीले सम्बन्ध गर्नुपर्छ भन्ने कुरा हो । मलाई लाग्छ, त्यसकैै एउटा पाटो होेला उहाँ डावोसमा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन जानु भयो । संयुक्त राष्ट्र संघमा पनि गएर बोल्नु भएको छ । हामीले उहाँका धेरै भाषणहरूमा त्यो पाउँछौं । हामीले सन्तुलित विदेश नीति र त्यसको आर्थिक कुटनीतिको माध्यमबाट विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने कुरामा उहाँको स्पस्ट दृष्टिकोण हो ।

हामीले हाम्रो भौतिक पूर्वाधार र राष्ट्रिय पँुजी निर्माण गर्दा विदेशी सहायता सुरूको चरणमा चाहिन्छ । त्यसबाट मात्रै हामी समाजवादको आधारभुत तहमा पुग्छौं भन्ने कुरा बुझाइले गर्दा विदेशी सहायता सम्बन्धी नीति बनाउन सजिलो भयो । उहाँकै पालामा हामीले विदेशी सहायता सम्बन्धी नयाँ नीति पनि बनायौं । हाम्रो आर्थिक कुटनीति, हाम्रो सम्बन्ध कहिलेकाँही राष्ट्रिय सुरक्षासँग पनि गाँसिन्छ । किनभने एमसीसीमा राष्ट्रिय सुरक्षाको विषयमा कुराकानी गर्छौं, बीआरआरआईमा पनि राष्ट्रिय सुरक्षाको कुरा गर्छौं, दुई देशकोे बीचमा हुने बिप्पा वा अरू सम्झौतामा पनि राष्ट्रिय सुरक्षाको कुरा गर्छौं । यो आर्थिक पक्ष सँग राष्ट्रिय सुरक्षा जोडिएको हुनाले सुरक्षासँग सम्बन्धित आर्थिक नीति पनि हामीले उहांकै नेतृत्वमा बनायौं । नयाँ राष्ट्रिय सुरक्षा नीति पनि बनाइयो । विदेशी परिचालन सम्बन्धी नीति पनि बनाइयो । यी सबै संयन्त्र प्रयोग गरेर दीगो विकासको चक्रमा अगाडि बढ्नु पर्छ भन्ने कुरामा अगाडि बढ्यौं ।

केपी ओलीः एक सशक्त डेभेलोपमन्ट डाइलगर

विकास संवादमा उहाँलले कोसँग संवाद गर्नु भएन ? अन्तर्राष्ट्रिय समुदायसँग पनि छोड्नु भएन, नागरिक समाजका संस्थाहरूसँग पनि छोड्नु भएन, युवासँग पनि छोड्नु भएन । सम्भवत उहाँ पहिलो प्रधानमन्त्री हो विकाससँग सम्बन्धित खुला प्रश्नोत्तर कार्यक्रममा समावेश हुनुभयो । चाहे त्यो निर्वाचनको सन्दर्भमा होस् चाहे अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा होस् अथवा क्याम्पसमा युवाहरूसँग संवाद गर्दा होस् । उहाँले जुन खुला संवाद गरेर एकल जवाफ दिने आँट गर्नु भयो, त्यो अहिलेसम्मका कुनै प्रधानमन्त्रीले गरेको सुनिएको छैन । त्यसैले उहाँ विकास संवाद गर्न रूचाउने मान्छे हो । त्यसको एउटा उदाहरण सगरमाथा संवाद गर्ने भनेर सुरू गर्न लागेका थियौं, कोभिडका कारणले हुन सकेन । हामी त विश्वभरिका मान्छेलाई यहाँ ल्याएर संवाद गराउँदै थियौं । खासगरी जलवायू परिवर्तनका सम्बन्धमा संवाद गराउने भनेका थियौं । जलवायू परिवर्तनका सम्बन्धमा उहाँ निकै हुनुहुन्छ । उहाँ कसैको सहयोग विना पनि जटिल प्रश्नकोे पनि सटिक जवाफ दिन सक्ने र जानकारी मूलक जवाफ दिन सक्ने नेता हुनुहुन्छ । कुनै पार्टीले निर्वाचनको घोषणा पत्र जारी गर्दा खुला संवाद गरेर अन्तरक्रिया गरेको कम पाइन्छ । उहाँले त्यो प्रभावकारी ढंगले गरेर देखाउनु भयो ।

समाजवाद निर्माणमा सामाजिक सुरक्षाको भूमिका बारेमा उहाँको दृष्टिकोण स्पस्ट छ । पहिलो कुरा कोही पनि मान्छे भोक र रोगबाट नमरोस्, कोही आवासविहीन नहोस्, सडक मानव नहोस्, बेरोजगार कोही पनि बस्न नपरोस् यी सबै केपी ओलीका नीति हुन् ।

२०७४ सालमा उहाँले मलाई वि.स. २०९९ मा हामी कहाँ पुग्छ भन्ने सम्बन्धमा मलाई लेख्नुस् भनेर भन्नुभयो र त्यो मैले लेखेँ । हामी २०९९ सालमा यहाँ पुग्छौं, त्यसका लागि आर्थिक नीति यो हुनुपर्छ र हाम्रो संरचना यस्तो हुनुपर्छ भनेर मैले कार्यपत्र पेश गरेँ। त्यसमा उहाँले आफ्नो दृष्टिकोण राख्नु भयो र त्यसलाई परिमार्जन गरेर उन्नत वनाउने काम पनि उहाँले गर्नु भयो । उहाँ त्यो सोच राख्न सक्ने मान्छे हो । त्यो काम २०७४ पछि हामी सरकारमा जाँदा हामीलाई आधार बन्यो । समग्रमा, विद्धानसंग होस, युवाहरूसँग होस्, महिलाहरूसँग होस्, बालबालिकाहरूसँग होस्, वृद्धहरूसँग होस् उहाँ संवाद गर्ने र भनाई सुन्ने मान्छे हुनुहुन्छ।

केपी ओलीको सामाजिक पुँजी ‘केपी बा’

उहाँ सामाजिक पुँजीको धनी हुनुहुन्छ । सामाजिक पुँजी भनेको सामाजिक सद्भाव हो । एक आपसलाई सहयोग गर्ने कुरा हो । अर्काको मर्का बुझ्ने कुरा हो ।आफूले सहकार्य र सद्भावको आधारबाट सामाजिक सम्बन्धको विकास हुनु सामाजिक पुँजी हो । उहाँलाई ‘बा’ किन भनिएको हो ? त्यो सामाजिक पुँजीको आधारमा बा भनिएको हो । सामाजिक संरक्षक भनिएका कारणले बा भनिएको हो । बा भनेको संरक्षक हो, त्यो हाम्रो सामाजिक पुँजी हो । उहाँले कति बालबच्चा पढाउनु भएको छ, कति टुहुरालाई हेर्नु भएको छ, कति गरिब परिवारलाई सहयोग गर्नुभएको छ, कति कार्यकर्तालाई सहयोग गर्नु भएको छ, कति दुःखमा परेका मान्छेलाई बचाउनु भएको छ । त्यो सबै कुरा उहाँहरूले गरिरहँदा उहाँले अत्यन्तै धेरै सामाजिक पुँजी आर्जन गरिरहनु भएको छ। त्यो पुँजी पार्टीका तर्फबाट, युवाका तर्फबाट, वृद्धावृद्धहरूबाट र अन्तर्राष्ट्रियस्तरबाट पनि जुन प्राप्त गर्नु भएको छ, त्यसको उहाँ धनी हुनुहुन्छ । सामाजिक पुँजीको धनी भएको राजनीतिक नेता भएका हुनाले अहिले उहांलाई राजनेता भन्छन् । उहाँजति सामाजिक पुँजी भएको अर्को कुनै समकालीन नेता छैन भन्ने धारणा प्रवल छ।

देशको संघीयता कार्यान्वयन गर्ने पहिलो प्रधानमन्त्री केपी शर्मा ओली र वित्तीय संघीयता कायान्वयन गर्ने पहिलो अर्थ मन्त्री म थिएँ । अहिले संघीयता संस्थागत हुँदै गर्दा त्यसको जस केपी ओलीको सरकारले पाउनु पर्ने हुन्छ ।

उहाँले जति पढ्ने मान्छे मैले अहिलेसम्म धेरै देखेको छैन । कति घन्टा पढ्नु हुन्छ, त्यो थाहा भएन तर उहाँ सूचना प्रविधिमा पनि एकदमै सहज हुनुहुन्छ, सबै प्रकारका सूचना प्रविधि प्रयोग गर्न सक्नुहुन्छ । भाषा, साहित्य अथवा विज्ञान सम्बन्धी कुराहरू हाम्रो भूगर्वको बारेमा, हाम्रा सम्पदाका बारेमा उहाँलाई यति धेरै ज्ञान छ । नेपालका सबै चुुचुरोका बारेमा उहाँलाई यति धेरै ज्ञान छ । खानी विभागकोे मान्छेलाई उहाँले युरेनियमको बारेमा लेक्चर दिनु भएको छ, धौवादीको फलाम खानीको बारेमा उहाँले मलाई गएर हेर्नुस् भन्नुभयो । त्यो उत्खनन् सम्भाव्य भयो, कम्पनी खोलेर काम सुरू भएको छ । उहाँको अध्यनशीलता र विकास प्रतिको आतुरतालाई मान्नु पर्छ । तर उहाँको गतिमा कुद्नलाई पार्टीमा होस या सरकारमा रहंदा होस, जो सुकैलाई पनि धौधौ हुने मेरो अनुभव छ।

(चेतन अधिकारीसँगको वार्तामा आधारित, डा. खतिवडा पूर्व अर्थमन्त्री हुनुहुन्छ।)