काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयससबीच भेटवार्ता भएको छ ।
विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्ड पुगेका मन्त्री गिरीबीच गेब्रेयसस भेटवार्ता भएको हो ।
भेटमा मन्त्री गिरी र गेब्रेयसबीच विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम र उन्मूलनमा खेलेको भूमिकालगायत विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया