अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग आज निर्णायक वार्ता गर्दै 

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग आज निर्णायक वार्ता गर्दै 


काठमाडौँ । राष्ट्रपतिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज निर्णायक वार्ता हुने भएको छ । राष्ट्रपतिमा दलहरुबीच सहमति नजुटेपछि आज प्रचण्ड र ओलीबीच निर्णायक वार्ता हुन लागेको हो । 

बिहीबार साँझ सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटी जसपाबीचको बैठकमा राष्ट्रपतिमा कुनै सहमति भएको थिएन । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग वार्ता गर्ने बताउनुभएको थियो ।  

यसअघि प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्नुहुने छ । हिजो सिंहदरबारमा बसेको तीन दलको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ । यसमा राष्ट्रिय सहमति खोज्न प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग निर्णायक छलफल गर्न लाग्नुभएको हो ।