काठमाडौँ-चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपालगायतका सहभागी छन् ।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।
बैठकमा राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको जनाइएको छ ।






प्रतिक्रिया