अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।