काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उनको रिट निवेदन न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको हो ।
पाटन उच्च अदालतको लामिछानेलाई सर्तसहत धरौटीमा छाड्ने फैसलाविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
यस्तै लामिछानेले पनि हिजो विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै निवेदनलाई सँगै राखेर सुनुवाइ हुने जनाइएको छ ।
प्रतिक्रिया