अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मिसन ग्रासरुटः पेशागत क्षेत्रका सबै इलाकाका बैठक फागुन १९ गतेसम्म सक्ने निर्णय

एमाले मिसन ग्रासरुटः पेशागत क्षेत्रका सबै इलाकाका बैठक फागुन १९ गतेसम्म सक्ने निर्णय


काठमाडौं – नेकपा एमालेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत उपत्यका पेशागत विशेष जिल्ला कमिटीको विहीबार २०७९ फागुन ११ गते बसेको बैठकले अभियानलाई प्रभावकारीरूपमा अगाडि बढाउने निर्णय गरेको छ।

मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधि पार्टीका केन्द्रीय सदस्य कमरेड बीना श्रेष्ठको उपस्थितिमा जिल्ला कमिटीका अध्यक्ष उमेश ढकालको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटी अन्तर्गतका सबै १५ वटा इलाका कमिटीका बैठकहरू फागुन १९ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

बैठकले अभियानका क्रममा गर्नुपर्ने भनी निर्धारण गरिएका काममा केन्द्रित भई खासगरी पार्टी सदस्यता नवीकरणको कामलाई विशेष महत्व दिएर कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । बैठकमा केन्द्रीय सदस्य कमरेड श्रेष्ठले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । उहाँले गत स्थानीय तह र संसदीय निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नुमा पार्टीभित्रको आन्तरिक समस्याले पनि काम गरेको चर्चा गर्दै पार्टीलाई वैचारिक, सांगठानिक रूपमा चुस्तदुरुस्त  बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।

बैठकमा उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष कमरेड प्रेमकुमार पराजुलीले मिसन ग्रासरुट पार्टीलाई सुदृढ बनाउने र राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि महत्वपूर्ण काम भएकाले विशेष प्रदेश अन्तर्गतको कामलाई सफलतापूर्वक सम्पन्न गर्न सबै कमरेडहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो।

बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको ७२औं शुभजन्मोत्सवका अवसरमा उहाँको सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरिएको थियो।