काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार भोलि शनिवार टुंगो लगाउने बताउनु भएको छ।
आजको प्रतिनिधिसभा बैठकपछि अध्यक्ष ओलीले पार्टीले उमेदवार उठाउने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘भोलि एमालेले उमेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ। अरू घटनाक्रम थाहा छैन।’
उहाँले पुस १० गते नै उमेदवारी दिने निर्णय भएको समेत बताउनुभयो । राष्ट्रपतिको उमेदवारी मनोनय भोलि हुँदैछ।






प्रतिक्रिया