काठमाडौं –प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त हुनुभएको छ।
दुई दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसक्नु भएको छ। यसअघि उहाँ नेपाल टेलिभिजनको अनलाइन समाचार सम्पादक हुनुहुन्थ्यो।
मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरिसक्नुभएका अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गर्नुभएको थियो।
मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ।
अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष र प्रेस चौतारीको केन्द्रीय सदस्य भइसक्नु भएको छ।






प्रतिक्रिया