अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको पनि बताउनुभयो ।