काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करीब साढे दुई घन्टा छलफलपश्चात नेकपा एमाले अध्यक्ष केपी ओली बाहिरिए लगत्तै नेपाली कांग्रेसको इन्ट्री भएको छ।
प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुग्नुभएका ओली बाहिरिनुभएकाे हाे।
एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थियाे ।
प्रचण्ड र ओलीको बैठक सकिए लगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गर्नुभएको हो।






प्रतिक्रिया