अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाले प्रदेशका सबै सरकारहरुलाई दिएको समर्थन फिर्ता गर्यो

राप्रपाले प्रदेशका सबै सरकारहरुलाई दिएको समर्थन फिर्ता गर्यो


काठमाडौं -सरकारबाट बाहिरिने निर्णय लिएको राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको राप्रपाले निष्कर्ष निकालेको छ ।

‘यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वाभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले केन्द्र र प्रदेश सरकारहरुबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।