अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डजीले पुस १० कै सम्झौता अनुसार एमालेकै उम्मेदवारलाई भोट हाल्नुहुन्छ: अध्यक्ष ओली

प्रचण्डजीले पुस १० कै सम्झौता अनुसार एमालेकै उम्मेदवारलाई भोट हाल्नुहुन्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा पुस १० को सम्झौता अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेकै उम्मेदवारलाई भोट हाल्ने दाबी गर्नुभएको छ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले पुस १० कोसम्झौता अनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन नै छ।’

राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्नेगरी अहिले नै सरकारबाट नबाहिरिने निर्णय पनि एमालेले गरेको छ।

एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ भने कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।