अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई पासाङ शेर्पाको पत्र : तपाईंका कारण जनजातीको छोराले राष्ट्रपति चुनाव हार्न नपरोस

प्रचण्डलाई पासाङ शेर्पाको पत्र : तपाईंका कारण जनजातीको छोराले राष्ट्रपति चुनाव हार्न नपरोस


काठमाडौं -नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले प्रधानमन्त्री प्रचण्डका नाममा खुला पत्र लेख्दै यस पटक राष्ट्रपतिको पदमा जनजाती उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत प्रचण्डलाई सम्बोधन गरेर विगतमा आदिवासी,जनजाती,मधेसी,महिला,दलित,पिछडिएको क्षेत्रको मुक्तिका लागि भन्दै संघर्ष गरेर अहिले जनजाती उम्मेद्वारलाई नसघाउने कुरा पुनर्विचार गर्न शेर्पाले आग्रह् गर्नुभएको हो । ‘यो देशमा राष्ट्रपतिमा मधेसी उठ्यो हार्नु परेन,महिला उठ्यो हार्नु परेन तर जनजाती उठ्दा तपाईंकै कारण हार्नुपर्ने ?’ शेर्पाले सोध्नु भएको छ ।
प्रचण्डलाई विगत सम्झाउदै शर्पाले भन्नुभएको छ ‘एकपटक हिजोको दिनलाई सम्झिनुहोस । आदिवासी जनजातीलाई के के सपना देखाउनु भएको थियो । आज तपाईं के गर्दै हुनुहुन्छ ?’
शेर्पाले आफ्नो निर्णयमा पुनर्विचार गरेर आदिवासी जनजाती उम्मेद्वारलाई सघाएको घोषणा गर्न पनि पत्रमा आग्रह गर्नुभएको छ । शर्पाले प्रचण्डलाई भन्नुभएको छ ‘तपार्ईकै कारण आदिवासी जनजातीको छोराले चुनाव हार्नु परेको सन्देश नजाओस ।’