अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको निधन

सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको निधन


बुटवल- बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको निधन भएको छ ।

गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नम्बरको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र ०७–०२–००१ख १२५६ नम्बरको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभयो ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्नुहुन्थ्यो ।