विराटनगर – नेकपा एमालेले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि आरम्भ गरेको छ। महानगर कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर महानगरको फोकल पर्सनका रुपमा खटिएका विशाल भट्टराई, प्रदेश कमिटीका नेता तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।
एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बैठकमा प्रस्तुत गरेका प्रस्तावहरुलाई हलले सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकले केन्द्रीय कमिटीले सञ्चालन गरेको पार्टी सुध्रिढिकरण तथा विस्तारको अभियानलाई तालिका बनाएर अघि बढाउने निर्णय गरेको छ।
त्यस्तै, फागुन १३ देखि १७ सम्म सबै कमिटीको विस्तारित बैठक बसी कार्यायोजना निर्माण गर्ने, जिम्मेवारि बाँडफाँट गर्ने, फागुन १९ देखि २२ सवै वडामा प्रशिक्षण अभियान सञ्चालन गर्ने, फागुन २६ देखि ३० गते सम्म पार्टि सदस्यता नविकरण र नयाँ सदस्यता विस्तार गरिसक्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी चैत १ देखि ५ गते सम्म स्ववियू निर्वाचनमा केन्द्रित भएर अनेरास्ववियुका उम्मेदवारलाई जिताउन पहलकदमी लिने, चैत ६ देखि १५ सम्म टोल अधिवेशन गर्दै समाजमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम महानगर कमिटीले तय गरेको छ ।
चैत १६ देखि २२ सम्म सबै वडामा अधिवेशन गरि २३ देखि २७ गतेसम्म सबै वडामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने एमाले विराटनगर महानगर कमिटीले निर्णय गरेको छ।






प्रतिक्रिया