अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला


जनकपुरधाम – धनुषाको लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर-५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महावीर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन्।

वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खाली हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन्। जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं। समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौं।’