काठमाडौं – केपी ओली फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातदोबाटो युथ ब्लब र त्रिभुवन आर्मी क्लबबीचको पहिलो सेमिफाइनल खेल ५३ मिनेट भएपछि स्थगित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटसम्म पनि गोल हुन सकेको थिएन । वर्षाका कारण बाँकी खेल भोलिलाई सारिएको हो ।
५३ मिनेट पछिको बाँकी खेल सोमबार ११ः०० बजे हुनेछ।
केपी कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया