अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा पाँच महीनापछि वर्षा

काठमाडौं उपत्यकामा पाँच महीनापछि वर्षा


काठमाडौं – काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आज दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो।

यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन। यसअघि असोज २८ गते मात्र उपत्यकामा पानी परेको थियो।  आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो। 

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौं उपत्यकाभित्र ललितपुर, काठमाडौं र भक्तपुरका केही ठाउँमा हल्का वर्षा भइरहेको छ।  तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको उहाँको भनाइ छ। हल्का वर्षा हुनेक्रम केही बेरमा उपत्यकाका सबै क्षेत्रमा पुग्ने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘अहिले न्यून चापीय वायुका कारण काठमाडौं उपत्यकाका विभिन्न भागमा हल्का वर्षा भइरहेको छ। तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना नभए पनि एकरडेढ घण्टामै उपत्यकाका सबै क्षेत्रमा वर्षा हुनेछ ।

यस्तै गण्डकी प्रदेशको पोखरा लगायत पहाडी भूभागमा भने दिउँसोदेखि नै वर्षा भइरहेको उहाँको भनाइ छ।