अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका समस्या समाधान गर्न एमालेसहित सबै पार्टी मिल्नुपर्छ: अध्यक्ष नेपाल

देशका समस्या समाधान गर्न एमालेसहित सबै पार्टी मिल्नुपर्छ: अध्यक्ष नेपाल


धनुषा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनु भएको छ ।

धनुषाको जनकपुरमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्नुहुँदै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनु भएको हो । एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने अध्यक्ष नेपालको भनाइ थियो।

उहाँले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ती चुनौतीहरु सामना गर्नलाई सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ। सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ । संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो कुरा हो।’

अध्यक्ष नेपालले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आह्वान गरिरहेको भन्दै एजेन्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।