काठमाडौँ-नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ ।
नाबालिगमाथि बलात्कार अभियोग लागेका लामिछानेको मुद्दामा आज पनि सुनवाइ हुने भएको हो ।
आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा हेर्दाहेर्दैमा राखिएको थियो ।
उक्त मुद्दामा आज पनि सुनवाइ जारी रहने जनाइएको छ । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पाटनले सर्तसहित धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो ।
यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रबारदेखि भएको सुनवाइ नसकिएपछि सोमबारका लागि पनि पेशी तोकिएको हो ।
प्रतिक्रिया