काठमाडौँ-नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपतिका लागि एमालेले उठाएको उम्मेदवार ‘चन्द्रसूर्य’ र काँग्रेसले उठाएको ‘रबर स्ट्याम्प’को संज्ञा दिनुभएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको काँग्रेस महामन्त्री गगन थापाको भिडियोलाई व्यङ्ग्य गर्दै बास्कोटाले लेख्नुभएको छ ‘गगनको गफ पनि सुनियो । एमालेले उठाउने रबर र काँग्रेसको साझा छाप । एमालेको उम्मेदवार चन्द्रसूर्य र काँग्रेसको कठपुतली हुन्छ ।’
एमाले राष्ट्रवादी शक्ति भएकोले उसले उठाएका उम्मेदवारलाई बास्कोटाले चन्द्रसूर्यसँग तुलना गर्नुभएको छ । देशभक्त र राष्ट्रवादीहरू एमालेकै उम्मेदवारको पक्षमा हुनुपर्ने बास्कोटाको तर्क छ । काँग्रेसको उम्मेदवार कठपुतली भएका बाँस्कोटाले दुईवटा दृष्टान्तलाई संकेत गर्नुभएको छ ।
पहिलो, संविधान जारी गर्ने बेलामा राष्ट्रपति रामवरण यादवले भारतको चाहनामा संविधान जारी गर्न नमानेको र दोस्रो तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेनापति बर्खास्त गर्न गरेको सिफारिसको तामेली । ‘यी तथ्यले गगनका गफको खण्डन गर्छ’ बास्कोटा भन्नुहुन्छ ‘एमालेको उम्मेदवार चन्द्रसूर्य र काँग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार कठपुतली हुन्छ ।’
काँग्रेसका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुँदा गरेको २०५५ सालमा सभामुखको आसन छोडेर भागेको कुरा पनि बास्कोटाले स्मरण गराउनु भएको छ । एमालेका तत्कालीन सांसद केपी शर्मा ओलीले संसदमा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय उठाउँदा तत्कालीन सभामुख रामचन्द्र पौडेल भागेको बास्कोटाले स्मरण गराउनु भएको छ ।






प्रतिक्रिया