अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने रास्वपाले जनाएको हो । बैठकमा पछिल्लो राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ । 

बैठकले १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बताइएको छ । मंसिरमा भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछाने उक्त क्षेत्रबाट निर्वाचित भएका थिए । 

सर्वोच्च अदालतले सभापति लामिछानेले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्दै उनको सांसद पद खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।