काठमाडौँ-प्रहरीको भ्यानबाट हामफालेर धनुषामा जबरजस्ती करणी मुद्दाका अभियुक्त एक जना फरार भएका छन्।
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेको प्रहरीले जनाएको हो ।
धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय लैजाँदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया