अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठदलीय गठबन्धनको भागबन्डाप्रति बाबुरामको असहमति, भने-१० सिटेको भागमा ६६ दिन प्रधानमन्त्री

आठदलीय गठबन्धनको भागबन्डाप्रति बाबुरामको असहमति, भने-१० सिटेको भागमा ६६ दिन प्रधानमन्त्री


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठदलीय गठबन्धनको भागबन्डाप्रति असहमति जनाएका छन् ।  

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै आठदलीय गठबन्धन र उक्त गठबन्धनको भागबन्डाको विरोध जनाएका हुन् । उनले गठबन्धनभित्र आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री दिएकोप्रति व्यङ्गे गर्दै १० सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्रीको भाग पर्ने उल्लेख गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसद्को पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ १ दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ १ त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’