अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमै अल्पमतमा

प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमै अल्पमतमा


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन्।

नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो। परराष्ट्रमन्त्रीलाई संयुक्त राष्ट्रसंघको महासभामा जान लाग्दा रोकिएपछि अपमान भएको भन्दै नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेको संसदमा ७८ सांसद छन्। 

आइतबार राप्रपाले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो ।

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकार बनाउन साथ दिएका दलको संख्या ७७ भएको छ। १२ फागुनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत ८ दलको नयाँ गठबन्धन बनेको छ।