अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले मन्त्रीलाई हटाउन धम्की दिएपछि सरकार छोड्यौं: विष्णु पौडेल

प्रचण्डले मन्त्रीलाई हटाउन धम्की दिएपछि सरकार छोड्यौं: विष्णु पौडेल


काठमाडौं – नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्ती गर्ने सम्मको धम्की दिएपछि सरकार  छाेड्ने  निर्णय गरेको बताउनुभएकाे  छ ।

उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डले स्वइच्छाले नहटे हटाउनेसम्मको धम्की दिएको बताउनुभयाे ।  

एमाले सचिवालय बैठकपछि पौडेलले भन्नुभयाे, ‘एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई प्रधानमन्त्रीज्यूले जुन खालको व्यवहार गर्नुभयो । त्यो देखेर हाम्रो चित्त बुझेन। स्वइच्छाले सरकारले नछाडे विना विभागीयमन्त्री बनाउनेदेखि हटाउनेसम्मका अभिव्यक्ति दिएपछि सरकारबाट बाहिरिएका हौं ।’

एमाले उपाध्यक्ष पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायम राखिराख्ने कोशिस भएपनि प्रधानमन्त्रीबाट फरक ढंगको व्यवहार भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयाे।