अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा रास्वपाबाट रवि लामिछाने नै उठ्ने

चितवन-२ मा रास्वपाबाट रवि लामिछाने नै उठ्ने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई चितवन-२ मा उम्मेदवार बनाउने भएको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी मनोनयनको केही समयअघि यसविषयमा औपचारिक निर्णय गरिने बताउनुभयो।

उहाँले भोली १६ गते उपनिर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिने बताउनुभयो । गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट सभापति लामिछाने विजयी हुनुभएको थियो । तर, नागरिकता विवादमा मुछिएका कारण उहाँको सांसद पद गएको थियो।