अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्थिरताका लागि भएको बाह्य चलखेललाई एमालेले निस्तेज पार्छ : केन्द्रीय सदस्य दिपा शर्मा

अस्थिरताका लागि भएको बाह्य चलखेललाई एमालेले निस्तेज पार्छ : केन्द्रीय सदस्य दिपा शर्मा


दाङ -नेकपा एमालेकी केन्द्रीय सदस्य दिपा शर्माले नेपाललाई बाह्य शक्तिको चलखेललाई एमालेले निस्तेज पार्ने बताउनुभएको छ ।
मिसन ग्रास रुट अन्तरगत दाङको राजापुर गाउँपालिका वडा नं २ मा आयोजित कार्यक्रममा बोल्दै शर्माले देशलाई विदेशीको इसारामा सञ्चालनन गर्न खोज्नेका विरुद्ध राष्ट्रवादी नेपालीहरु एक हुनु पर्ने बताउनुभएको हो ।
शर्माले राजनीतिमा सरकारहरु आउने जाने भइरहने भएकोले यसमा धेरै उत्साहित र निरुत्साहित हुनु नपर्ने उहाँको भनाइ छ । ‘आवधिक निर्वाचन भइरहेमा सरकारहरु आउने जाने क्रम भइरहन्छ तर मुल कुरा सरकार नेपालीको चाहनामा बन्छन् कि विदेशीको चाहनामा भन्ने महत्वपूर्ण कुरा हो’ शर्माले भन्नुभयो ‘हाम्रा अध्यक्ष केपी शर्मा ओलीको प्रयासले विदेशीको हैन नेपालीको सेवा गर्ने सरकार बनाएको तर त्यसका मुल पात्रहरु विदेशीको गोटी बनेपछि परिस्थिती बदलियो । ’
राजनीतिक अस्थिरताका विरुद्ध एमाले एकतावद्ध भएर अघि बढ्नु पर्ने शर्माको धारणा छ । ‘जनताले राजनीतिक स्थिरता चाहेका छन् । एमाले बाहेकका दलले अस्थिरताको विजारोपण गरेका छन्’ केन्द्रीय सदस्य शर्माले भन्नुयो ‘हामी पार्टीलाई बलियो बनाउँ । जनताका समस्या सुनौं र समाधानको पहल गरौं । यसैका लागि एमाले ग्रास रुट अभियान लिएर गाउँ टोलसम्म आएको हो ।’