अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने


काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । 

निर्वाचन आयोगका अनुसार १३ गते राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । 

यस्तै आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । 

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदान हुनेछ । 

अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले  उम्मेदवारी दर्ता गराएका छन् ।