अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १२ जना घाइते

सप्तरीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १२ जना घाइते


सप्तरी-सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ ।