अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई थप ८ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री प्रचण्डलाई थप ८ मन्त्रालयको जिम्मेवारी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

सोमबार नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिनुभएपछि उहाँहरुले सम्हाल्दै आउनुभएका आठ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले पाउनुभएको हो।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोक्नुभएको हो।

एमालेले अर्थ, कृषि, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमिसुधार मन्त्रालय पाएको थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो।