दाङ-करिब एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।
एमालेका मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएका लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।
लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एक/एक र स्वतन्त्र २ प्रदेश सभा सदस्य छन् ।






प्रतिक्रिया