काठमाडौँ-संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुवै प्रतिपक्षमा बस्न लागेका हुन् ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि सरकारबाट बाहिरिएको एमाले प्रतिपक्षमा बस्न लागको हो ।
सरकारमा जान खोजिरहेको कांग्रेस पनि प्रतिपक्षमै बस्न लागेको छ ।






प्रतिक्रिया