अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य बढ्यो  

सुनचाँदीको मूल्य बढ्यो  


काठमाडौँ-आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य बढेको हो । 

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । 

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । आज १० दिनपछि बल्ल सुनको मूल्य बढेको हो ।

महासंघले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।