काठमाडौं- संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ।
बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक ११ बजेतिर चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गर्नुभएको छ ।
बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो।
बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो।
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सबै दलहरुसँगको सल्लाहअनुसार नै बुधबारको बैठक स्थगित भएको बताउनुभयो ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव र सभामुख विदेश जाने भएकाले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेरै स्थगित गर्नुभयो ।






प्रतिक्रिया