विराटनगर – प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ। कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए।
माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको ‘नाम राख्न बाधक नहुने संस्थागत असहमति र फरक मत राख्ने’ गरी कोशी प्रदेशको पक्षमा मतदान गर्ने जानकारी दिनुभयो।
यसअघि नै नेपाली कांग्रेस र नेकपा एमालेले संसद सचिवालयमा ‘कोशी प्रदेश’प्रस्ताव दर्ता गराएका छन्।
उक्त प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका भूमि प्रसाद राजवंशी, एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राई रहेका छन् ।







प्रतिक्रिया