विराटनगर – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ समितिको मंगलबार बसेको बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको छ।
सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई समितिको उपाध्यक्ष चयन भएका छन् भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन्।
समितिको सचिवहरूमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन्।
बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्न प्रदेश इन्चार्जसमेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ।
पार्टी संगठन व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्लाअन्तर्गतका पालिकास्तरीय समितिहरुलाई आवश्यकताअनुसार गठन, पुनर्गठन गर्न गराउन पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ।






प्रतिक्रिया