अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ : प्रदेशसभा बैठक सुरु

प्रदेश १ : प्रदेशसभा बैठक सुरु


विराटनगर – प्रदेश १ को प्रदेश सभाबैठक शुरु भएको छ। प्रदेश सभाको आजको बैठकमा प्रदेशको नामाकरण प्रदेश सभामा टेबल हुने कार्यसुची छ।

बैठकले प्रक्रियामा गएर प्रदेश १ को नामाकरणाको टुंगो लगाउने छ । प्रदेशसभा सचिवालयमा एमालेका राम राना मगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता भएको छ ।

त्यसैगरी किरात-लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ। 

नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको छन्। 

प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा ९३ जनाको संसद छ। नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ।