अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली राष्ट्रपतिमा सुवासलाई भोट माग्न वामदेव निवासमा

अध्यक्ष ओली राष्ट्रपतिमा सुवासलाई भोट माग्न वामदेव निवासमा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुग्नुभएको छ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आउनु भएको छ।राष्ट्रपतिमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उहाँको निवास पुग्नुभएको हो।

यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेख्नु भएको थियो ।