अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा फर्कन वामदेव गौतमलाई अध्यक्ष ओलीको आग्रह

एमालेमा फर्कन वामदेव गौतमलाई अध्यक्ष ओलीको आग्रह


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न आज दिउँसो गौतमकै निजी निवास भैंसेपाटी पुग्नुभएका अध्यक्ष ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गर्नुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा तपाईले भोट त सुवास नेम्वाङलाई नै दिनुहुन्छ । यसमा अरु कुरै भएन, एमाले पार्टी पनि तपाईंकै हो, नेकपा एमाले तपाईले नै निर्माण गरेको पार्टी हो । तपाई अब पार्टीमा फर्कनुस् ।’

अध्यक्ष ओलीको जवाफमा नेता गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन अनुरोध गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘७० वर्षे उमेर हद जो राखिएको छ त्यो अवरोध नहटाई अघि बढ्न सकिँदैन । पहिला त्यो प्रावधान हटाउनुस् भनेको छु ।’

एमालेको विधानअनुसार ७० वर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ। 

तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आउनु भएको छ ।