अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्घीय निजामती र प्रहरी समायोजन नगरे प्रचण्ड सरकार टिक्दैन: उपेन्द्र यादव

सङ्घीय निजामती र प्रहरी समायोजन नगरे प्रचण्ड सरकार टिक्दैन: उपेन्द्र यादव


जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नटिक्ने बताउनु भएको छ।

जनकपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले प्रहरी ऐन समायोजना र संघीय निजामति ऐन सदनबाट पास नगरेर प्रचण्ड नेतृत्वको सरकार टिक्न नसक्ने बताउनु भएको हो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘निजामती ऐन सदनबाट पास गर्नुका साथै प्रहरी समायोजन छिट्टै गर्नु पर्छ । प्रचण्ड नेतृत्वको सरकारको भविष्य यी दुई विधेयकमा निर्भर छ।’ 

यही दुईवटा कामले मात्र यो सरकारको भविष्य निर्धारण हुने उहाँको भनाइ छ। प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र श्रोतसाधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको यादवले बताउनुभयो । उहाँले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारले बनाएका आयोग र प्रतिष्ठानहरू कमाई खाने भाँडोमा मात्र सीमित भइरहेको बताउनुभयो ।